टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ विशेष कार्यक्रम गरिदै, दसौं हजारको उपस्थिति रहने
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारीलाई तिब्र बनाइएको आयोजकको भनाइ छ ।
‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भनेका छन्, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं । आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रामाउनुहोस् ।’

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने भारतीय चर्चित कलाकार प्रह्लाद तिपन्यको विशेष प्रस्तुति रहनेछ । कुटुम्ब ब्याण्डको लाइभ प्रस्तुति रहनेछ ।
नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुनेछ भने कार्यक्रममा ३ बजेबाट प्रवेश गर्न सकिनेछ । कार्यक्रममा सहभागीलाई मारोन गाउन र स्न्याक्सको व्यवस्था आयोजकबाट हुने जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
एमाले नेता कर्ण मल्ल पक्राउ
काठमाडौँ। बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु
डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...




