टुंडिखेलमा ध्यान, नृत्य र उत्सवका साथ विशेष कार्यक्रम गरिदै, दसौं हजारको उपस्थिति रहने

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारीलाई तिब्र बनाइएको आयोजकको भनाइ छ ।

‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भनेका छन्, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं । आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रामाउनुहोस् ।’

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने भारतीय चर्चित कलाकार प्रह्लाद तिपन्यको विशेष प्रस्तुति रहनेछ । कुटुम्ब ब्याण्डको लाइभ प्रस्तुति रहनेछ ।

नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुनेछ भने कार्यक्रममा ३ बजेबाट प्रवेश गर्न सकिनेछ । कार्यक्रममा सहभागीलाई मारोन गाउन र स्न्याक्सको व्यवस्था आयोजकबाट हुने जनाइएको छ ।

You might also like
Comments
Loading...