कांग्रेस विशेष महाधिवेशनमा राखियो संवैधानिक राजतन्त्र पुनःबहाली गर्ने प्रस्ताव
काठमाडौँ। नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग छलफल गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार नेपाली काँग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्नुहुँदै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गर्नुभयो । गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताउनु भयो । उहाँले देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजि भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस बचाउनु पहिलो काम हो । देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली काँग्रेसको नेतृत्व खोजेको छ। तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ । विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गरौँ। संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ। गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरुले उठ्न नसक्ने गरी व्यवस्था गरौँ।’
उहाँले देश विकासमा जुट्न अब ढिलो भइसकेको बताउनुभयो।—
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




