विशेष महाधिवेशन विद्रोह र आन्दोलन हो, मौन बस्नु मृत्यु हो ; गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताउनुभएको छ। बन्दशत्रको समापन समारोहमा बोल्दै उहाँले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’
आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ उहाँले भन्नुभयो।
तर कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उहाँको भनाइ थियो। पार्टी केको लागि पा भन्दा सामानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि हो बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो।
उहाँले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,’ अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटकव लागि कोही भागबण्डाको लागि भनेका छन्। तर म हल्लाको पछि लागेको छैन। तपाईहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौं, बाहिरको होइन। विशेष अधिवेशनले विश्व गगनलाई सभापति चाहिएको छैन। तर नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’
उहाँले यो विशेष महाधिवशेनलाई उपलब्धीपूर्ण तरिकाले टुग्याउनुपर्नेमा उनले जोड दिनुभयो। ‘तपाई हामी यति धेरै टाढाबाट आएका छौं। अब हलले एउटा उपलब्धीपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।’
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




