अमेरिकी बलर खानलाई भारतले भिसा दिन अस्विकार गरेको दाबी
काठमाडौं।पाकिस्तानी मूलका अमेरिकी तीव्र गतिका बलर अली खानले आफूलाई भारतले भिसा दिन ‘अस्विकार’ गरेको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा भारतले भिसा नदिएको कुरा लेखेका छन्।
सन् २०२६ को टी-२० विश्वकपको उदघाटनमा फेब्रुअरी ७ मा मुम्बईमा अमेरिका र भारतबीच खेल हुँदैछ।
अहिले अमेरिकाको राष्ट्रिय टोली प्रशिक्षण क्याम्पका लागि श्रीलंकाको कोलम्बोमा छ। प्रशिक्षण टोलीमा रहेका खानले यसबारे थप विस्तृत जानकारी भने दिएका छैनन्।
अमेरिकाले विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन। तर, अहिले कोलम्बोमा रहेका १८ खेलाडीमध्येबाटै अन्तिम १५ जना छनोट हुने अनुमान गरिएको छ।
‘युएसए क्रिकेट’ निलम्बनमा रहेका कारण टोलीको व्यवस्थापन र अन्य प्राविधिक कामहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले हेरिरहेको छ।
अमेरिकाको टोलीमा खानबाहेक एहसान आदिल र मोहम्मद मोहसिन पनि पाकिस्तानी मूलका खेलाडी हुन्। आइसिसीले यसबारे कुनै आधिकारिक धारणा नदिए पनि यो समस्या सुल्झनेमा आफूहरू विश्वस्त रहेको बताएको छ।
ओमान, युएई र इटाली जस्ता देशका टोलीमा पनि पाकिस्तानी मूलका खेलाडी धेरै भएकाले उनीहरूले पनि यस घटनालाई नजिकबाट नियालिरहेका छन्।
इंग्ल्याण्डका दुई खेलाडी आदिल रशिद र रेहान अहमदले पनि अहिलेसम्म भारतीय भिसा पाएका छैनन्। उनीहरू दुवै पाकिस्तानी मूलका हुन्। उनीहरूले आफैं उपस्थित भएर भिसा आवेदन दिनुपर्ने भएकाले केही ढिलाइ भएको बताइएको छ।
भारत र पाकिस्तानबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण पाकिस्तानी मूलका खेलाडीहरूलाई भिसा पाउन सधैं मुस्किल हुने गरेको छ। ती खेलाडीसँग अन्य देशकै नागरिकता भए पनि भारतले पाकिस्तानी मूलका खेलाडीलाई भिसा दिन कडाइ गरिरहेको छ।
यसअघि अष्ट्रेलियाका उस्मान ख्वाजा र इंग्ल्याण्डका सोयब बसिरले पनि यस्तै झन्झट बेहोर्नुपरेको थियो। सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको पुरै टोलीको भिसा ढिलो गरी आएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




