आयोजना प्रभावित बासिन्दाका लागि सयपत्री हाइड्रोपावरको ‘आइपिओ’ खुला
काठमाडौं । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आइअियो)को बिक्री खुला गरेको हो ।
आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए । सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ । न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।
स्थानीयवासीले ग्लोबल आइएमई बैंकको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैंकको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवदेन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ ।
कम्पनीले ताराखोला गाउँपालिका(३ मा साढे दुई मेगावाटको ‘दरमखोला(ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । रु ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




