अन्तर्राष्ट्रिय

सङ्कट निवारणकालागि श्रीलङ्काका राष्ट्रपतिद्धारा सल्लाहकार समूह गठन

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्। देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन् ।सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेबारी पाएको छ ।

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...