माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)
काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको विशेष महत्व छ । उखुको रसलाई लामो समयसम्म उमालेर घिउ हालेर तयार पारिने यो मीठाइले शरीरलाई न्यानो राख्ने र स्वास्थ्यवद्र्धक मानिन्छ।

पुरानो विश्वासअनुसार माघे संक्रान्तिमा चाकु खाँदा रोगव्याधि भाग्छ र नयाँ वर्षमा शुभ हुन्छ । परम्परागत रूपमा यो दिन चाकुको साथमा तिलको लड्डु, घिउ, तरुल, सखरखण्ड र खिचडी खाने चलन छ।

घरका महिला दिदीबहिनीहरू बिहानै उठेर चाकु बनाउँछन् भने बजारमा पनि चाकुको ठूलो व्यापार हुन्छ । यो पर्वमा चर्खा घुमाउँदै ऊन कातेर चाकु खाने पुरानो परम्परा अझै कायम छ । यो कामले शरीरलाई न्यानो राख्छ र चाकुको मीठासले मनलाई आनन्द दिन्छ भन्ने जनविश्वास छ । तराईको थारू समुदायमा यो पर्व माघीका रूपमा नयाँ वर्षको रूपमा धुमधामसँग मनाइन्छ।

नयाँ अन्न, माछामासु र विशेष गरी चाकु तथा तिलका परिकारहरूले माघीको भोज भव्य बन्छ । यसरी माघे संक्रान्तिले नेपाली समाजको विविधता र एकताको मीठो सन्देश बोकेर आउँछ । चाकु केबल एउटा मीठाइ होइन, यो हाम्रो संस्कृति, स्वास्थ्य र मौसम परिवर्तनसँग जोडिएको परम्पराको प्रतीक हो ।

सबै तस्बिर: अनुप प्रधान/न्यूज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
प्रतिनिधिसभाका सांसदले लिए शपथ
काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई...
रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौँ : हर्क साम्पाङ
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ। नवनिर्वाचित सांसदको...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




