सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई खुला आह्वान गरेका छन् ।
मंगलबार सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ को उद्घाटन गर्दै सुदूरपश्चिममा पर्याप्त लगानीका क्षेत्र रहेको उल्लेख गर्दै उनले लगानीका लागि आग्रह गरेका हुन् ।
“प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ,” उनले भने, “यहाँ पर्याप्त लगानीका क्षेत्र छन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आह्वान गर्दछु ।”
उनले लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । “लगानीकर्तालाई अनुकूल हुने कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको छ,” मुख्यमन्त्रीले भने, “लगानीको सुनिश्चितताका लागि सुरक्षा, खानेपानी र यातायातजस्ता पूर्वाधार विकासको वातावरण बनाउन पनि सरकार तयार छ ।”
मुख्यमन्त्री शाहले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै यहाँको कला, संस्कृति र पहिचानलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए । यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहले टीकापुरमा छिट्टै टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने घोषणा गर्दै यसले क्षेत्रको शैक्षिक, आर्थिक तथा समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । यसका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
“औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना” भन्ने नाराका साथ टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सुदूरपश्चिमको कला संस्कृतिलाई झल्काउने झाँकीहरू प्रस्तुत गरिएका थिए । उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले टीकापुरको विकास र समृद्धिका लागि सबै एक हुनुपर्ने बताएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...




