गगन-विश्व कांग्रेसबाट निष्कासित
काठमाडौं। नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताउनुभएको थियो। नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका थिए ।
संस्थापनपक्षका वार्ता टोली सदस्य रमेश लेखकले सहमतिका लागि विशेष पक्षले पठाएको सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने, हाइकमाण्ड बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानेबाहेकका प्रस्ताव स्वीकार्न सकिने जानकारी बैठकमा गराउनुभएको थियो।
तर उनको बिफ्रिङलगत्तै बैठकमा खड्काले महामन्त्रीद्वय थापा, खड्का सहमहामन्त्री मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने प्रस्ताव निर्णयार्थ सुनाउनुभएको थियो। जसलाई हलले ध्वनिमतले पारित गरेको थियो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




