बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी
काठमाडौं ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे ।
प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएशन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी सघं, स्पेसियालिटी टि एशोसिएशन नेपालमा आबद्ध चिया १०० बढी व्यवसायीबाट उत्पादित चियाका ब्राण्ड राखिएका छन् ।
मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताए । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसबाट विदेशी उत्पादन निरुत्साहित गर्न सकिने बताए ।
उनले व्यवसायीलाई लुम्बिनी प्रदेशको गुल्मीलगायतका जिल्लामा उत्पादीत कफीको प्रवद्र्धन र बजारीकरणका लागि लाग्न आग्रह गरे ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिकरुपमा सबल हुनसक्ने सम्भावना रहेको बताए ।
उनले विजनेश हबका रुपमा बुटवललाई चिनाउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।
आव २०७७/२०७८ मा नेपालले रु तीन अर्ब ७९ करोड मूल्य बराबरको चिया निर्यात गरेको छ । यस्तै, आव २०७७/२०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएकोमा २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो ।
कूल १६ हजार बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन । प्रदर्शनीमा ३० वटा स्टल राखिएका छन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




