अर्थ

अबदेखि सबै अन्तर्राष्ट्रिय नाकामा तरकारी तथा फलफूलको विषादी जाँच गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ।

हाल ७ वटा नाकामा सिमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्नेगरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विषादी अवशेष परीक्षण हुने थप नाकाका लागि आवश्यक पर्ने मेशिन र किट खरिद प्रक्रिया सकेर नेपाल भित्रिने क्रम सुरु भइसकेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए।

अहिले काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुन्छ ।

साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुक्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा पनि विषादी परीक्षण सुरु हुनेछ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...