खेलकुद

१२ स्वर्ण पदकसहित कुमुते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं । आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ ।

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी, झरना के सी, सुरोज राजबाहक, एन्जिला राई, शाहिल घले, सर्मिला वाइवा, पुष्पका लामा, वर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ, एरिका गुरुङ छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ  र सम्मान मल्ल श्रेष्ठले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ र सञ्जय महर्जनले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...