बालेनले `डडेलधुराको उम्मेद्वार´भन्दा सागर ढकाल गदगद
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले डडेलधुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ।
डडेलधुराका पार्टी प्रतिनिधिहरूसँग राखेर उहाँले ढकाललाई उम्मेदवारका रूपमा अघि सार्नुुभएको छ।
रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ ।
पार्टीभन्दा पहिले वरिष्ठ नेताले उम्मेदवार तोकेपछि ढकाल खुसीले गदगद बन्नुभयो । यसअघि बालेनकै कोटाबाट उनी रास्वपा केन्द्रीय सदस्य बनिसक्नुुभएको छ।
अघिल्लो पटक पनि लडेको हुँदा बालेनले सागर ढकाललाई डडेलधुरामा टुरिस्ट उम्मेदवार भन्न नमिल्ने तर्क गर्नुभयो। यस पटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बनेको हुँदा स्वतः जित्ने बालेनको अपेक्षा छ ।
उनले ढकाललाई देखाउँदै भन्नुभयो,‘उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्यूजन हो । उहाँ फिक्स्ड हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म । उहाँले भोलि डडेलधुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै हो डडेलधुराको उम्मेदवार ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
महेश बस्नेत खोज्न प्रहरी परिचालन
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...
माइतीघरमा एमाले-प्रहरी हानाहान
काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...
ओली-लेखकलाई ५ दिन थुन्न अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...




