राजनीति

एमालेको प्रथामिकता संविधान, लोकतन्त्र र कानुनी शासन: शाही

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीले जिम्मेवार राजनीति, विधिको शासन र कानुनी राज्यका संस्थागत अभ्यास नै देश निर्माणको आधार भएको बताउनुभएको छ।

एमाले संविधान, लोकतन्त्र र कानुनी शासन विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग सहकार्य गरेको बताउनुभयो। “देशको स्थायित्व, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताका लागि कांग्रेससँगको सहकार्य गरेको हो” उहाँले भन्नुभयो, “नयाँ शक्तिको नाममा अफवाह र भ्रम फैलाएर राजनीति गर्न खोज्नु अस्वीकार्य छ।”

उहाँले पुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक प्रवृत्तिले देशलाई दीर्घकालीन क्षति पुर्‍याउने धारणा राख्नुभयो।

उनले रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने सरकारको योजनाप्रति गम्भीर आपत्ति जनाउँदै कानुनमाथि राजनीतिक दबाब प्रयोग गर्नु गैरकानुनी र लोकतन्त्रविरोधी हुने बताए। “कानुन आफ्नो प्रक्रियामा चल्नुपर्छ,” शाहीले भन्नुभयो, “कुनै व्यक्ति वा दलका लागि कानुन सौदाबाजीको विषय बन्न सक्दैन।”
उहाँले पपुलिजमका नाममा भीडतन्को भावनामा खेल्ने प्रवृत्तिले राज्यका संस्थाहरूलाई कमजोर बनाउने र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर खतरा पैदा गर्ने जोखिम रहने बताउनुभयो। ‘देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन,’ शाहीले भन्नुभयो।

सम्बन्धित समाचार

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

प्रतिनिधिसभाका सांसदले लिए शपथ

प्रतिनिधिसभाका सांसदले लिए शपथ

काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई...