सायमी भित्र्याएपछि प्रचण्डको ढाडस, काठमाडौंका सबै क्षेत्र जित्ने उद्घोष
काठमाडौ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्र जित्ने बताउनुभएको छ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा यस्तो बताउनुभएको हो।
ठूल्ठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई प्रत्यक्ष रूपमा जनतासँग भेट हुने गरी घरदैलो अभियानलाई तीव्रता दिने बताउनुभएको हो। उहाँले युवा पुस्तालाई निर्वाचनमा आफ्नो पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिने नीति पार्टीले लिने बताउनुभयो।
संयोजक दाहालले विगतमा गरेर गल्ती नदोहोर्यालउने वाचासहित पार्टीको निर्वाचन प्रचारमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। त्यस अवसरमा उनले काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी गर्नुभयो।
प्रचण्डले भन्नुभयो, `ठूला सभा गरेर भोट धेरै आउने जमाना पुराना भइसक्यो अब। अब जनताको घरघरमा गएर उनीहरूलाई हाम्रा एजेण्डा यी हुन्, हामी पुराना गल्तीबाट सिकेर दोहोर्याउँदैनौँ। यो देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ।’
संयोजक दाहालले काठमाडौँको समस्या बुझेका सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा आएकाले पनि काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले विजयी हुने अवस्था आएको तर्क गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
दीपक खड्कालाई ७ दिन थुन्न अनुमति
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...
महेश बस्नेत खोज्न प्रहरी परिचालन
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...
माइतीघरमा एमाले-प्रहरी हानाहान
काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...
ओली-लेखकलाई ५ दिन थुन्न अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...




