भारत र बंगलादेशमा चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु
नयाँ दिल्ली । भारत र बंगलादेशमा भीषण मनसुनी आँधीका कारण चट्याङ र पहिरोमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको बताइएको छ ।
बाढीबाट लाखौं मानिसहरू अलपत्र परेका छन् । आपतकालीन उद्धारकर्ताहरू प्रभावित व्यक्तिसम्म पुग्न संघर्ष गरिरहेका छन् ।
आगामी दिनमा बाढीको प्रभाव अझै बढ्न सक्ने मौसमविद्ले चेतावनी दिएका छन् । बंगलादेशमा आएको बाढी सन् २००४ पछिकै सबैभन्दा खराब भएको बंगलादेशका अधिकारीहरूले जनाएका छन् ।
पछिल्ला साता आएको निरन्तरको वर्षाले छिमेकीे उत्तरपूर्वी क्षेत्रको ठूलो भूभाग डुबानमा परेको छ । विद्यालयलाई अस्थायी आश्रयस्थल बनाइएको छ भने पानीको बढ्दो बहाबका कारण बिच्छेद बनेका नजिकका समुदायलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
छिमेकी भारतको आसाम राज्यमा पाँच दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीमा परेकाहरूलाई ‘सबै आवश्यक सहयोग र राहत’ उपलब्ध गराउन निर्देशन दिएका छन् । एजेन्सी
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




