अर्थ

युवाहरुलाई उद्यममा लगाउन प्रेरणा प्रदान गर्ने गरी ‘युथ फोरम’मा छलफल हुने

काठमाडौं । कोभिड महामारी पछि धेरै युवाहरु बेरोजगार भइरहेको सन्दर्भमा आगामी दिनमा कसरी उद्यमशीलताको विकास गर्न सकिन्छ भन्ने सन्दर्भमा विस्तृत छलफल हुने भएको छ । राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित ‘युथ फोरम’मा युवाहरुलाई उद्यममा लगाउन प्रेरणा प्रदान गर्ने गरी छलफल हुने जनाइएको छ ।

महासंघको आयोजनामा चैत २५ र २६ गते (शुक्रबार र शनिबार) काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा कार्यक्रम हुँदैछ । कार्यक्रमको लागि आवश्यक तयारी सकेर उद्घाटनको तयारीमा आफूहरु रहेको कार्यक्रम संयोजक तथा महासंघका सञ्चालक तथा कार्यक्रम संयोजक सागर ढकालले आर्थिक आवाजलाई जानकारी दिए ।

‘दुई वर्षसम्म हामीले कोभिड महामारीसँग जुध्यौं । कोभिड पछि युवाहरु धेरै बेरोजगार भइरहेको अवस्था छ । यही सन्दर्भमा युवाहरुलाई के कसरी उद्यममा लगाउन सकिन्छ भन्ने सन्दर्भमा कार्यक्रममा विस्तृत छलफल हुनेछ,’ ढकालले भने, ‘काम गर्न तथा उद्यममा लाग्नका लागि नीतिगत रुपमा कहाकहाँ अप्ठ्यारो छ सो विषयमा पनि हामीले छलफल गर्नेछौं ।’ महासंघद्वारा आयोजित युथ फोरम कार्यक्रम युवा उद्यमशीलताका सन्दर्भमा कोशेढुंगा सावित हुने ढकालले बताए ।

कार्यक्रममा देशभरको प्रतिनिधित्व हुने गरी सहकारीकर्मीहरुको उपस्थिति रहने ढकालले जानकारी दिए । सो अवसरमा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल तथा प्रस्तुती रहनेछ । कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका गोविन्द घिमिरे, अष्ट्रेलियाका पूर्व राजदुत महेश दाहाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोका लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए । समग्रमा सहकारीमार्फत युवा उद्यमशीलता बृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...