विघटित केन्द्रीय समितिले गरेको कारबाहीको कुनै कानुनी वैधता छैन : पुष्पा भुसाल
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मालागयतमाथि गरिएको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताउनुभयो।
बुधबार (पुस ३०) विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा भुसालले बन्दसत्रबाट केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भइसकेकाले त्यसपछि केन्द्रीय कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको तर्क गर्नुभयो।
केन्द्रीय कार्यसमिति विघटन भइसकेको कारण कुनै पनि पदाधिकारीलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै नरहने भएकाले गरिएको कारबाहीको कुनै औचित्य नरहेको बताउनुभयो।
बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै केन्द्रीय कार्यसमिति विघटन गरिसकेको अवस्थामा केन्द्रीय कार्यसमितिको नाममा भए गरेको निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले नचिन्ने उहाँको तर्क छ ।
“विशेष महाधिवेशनको पहिलो दिनको बन्दसत्रले केन्द्रीय कार्यसमितिको विघटन गरिसकेको थियो । त्यो निर्णय सर्वसम्मत पारित भएको अवस्था थियो,” भुसालले भन्नुभयो, “विघटन भइसकेको अवस्थामा केन्द्रीय कार्यसमितिले आफ्नो औचित्य गुमाइसकेको स्थितिमा आज भएको कारबाहीको कानुनी वैधता छैन । यो निर्णयलाई महाधिवेशन प्रतिनिधिले चिन्दैन । विधानमा त्यो व्यवस्था पनि छैन ।”
विशेष महाधिवेशनद्वारा नेतृत्व चयन गरेर पार्टी आसन्न निर्वाचनमा होमिने उहाँको भनाइ छ । न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




