Breaking News

ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग लामो कुराकानी भएको र दुई देशबीचको सम्बन्ध धेरै राम्रोसँग अघि बढिरहेको बताउनुभएको छ । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि बुधवार ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भएको पुष्टि गर्नुभयो ।

ब्लुमबर्गको मंगलवारको रिपोर्टअनुसार ट्रम्प प्रशासनले तेल धनी दक्षिण अमेरिकी राष्ट्रमा आफ्नो दूतावास पुनः खोल्ने सम्भावनाबारे विचार गरिरहेको छ ।

यसै सन्दर्भमा रोड्रिगेजले बेलायतका लागि भेनेजुएलाका राजदुत फेलिक्स प्लासेन्सियालाई यसै हप्ता वासिङ्टन पठाउने योजना बनाएकी छिन् । सोही दिन भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोले पनि ह्वाइट हाउस भ्रमण गर्ने अपेक्षा गरिएको छ । यसअघि शुक्रवार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । गत जनवरी ३ मा अमेरिकी कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बलपूर्वक नियन्त्रणमा लिइएको केही दिनपछि अमेरिकी कूटनीतिज्ञ र सुरक्षाकर्मीहरूको टोली दूतावास पुनः खोल्ने सम्भावना आकलन गर्न काराकस पुगेको छ ।

यसैबीच अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले गत साता अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नभई देशको तेल उत्पादनको बिक्रीलाई अनिश्चितकालसम्म नियन्त्रण गर्ने बताउनुभएको थियो ।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...