गाजा र जेरुसेलममा भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु
क्षेत्रमा आएको भारी वर्षा र तिब्र हावाहुरीका कारण गाजा शहरमा दुई छुट्टाछुट्टै घटनामा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । पूर्वी जेरुसेलममा बाढीका कारण एक महिलाले ज्यान गुमाएकी छिन् । प्रत्यक्षदर्शीकाअनुसार गाजा सहरको समुद्री किनारमा रहेको एक विवाह मण्डप (वेडिङ हल) भत्किँदा एक महिला र एक बच्चासहित तीन जनाको मृत्यु भएको छ ।
उक्त भवनमा युद्धका कारण विस्थापित व्यक्तिहरूले शरण लिइरहेका थिए । अर्को छुट्टै घटनामा गाजा सहरको पश्चिमतर्फ आँधीका कारण पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।
गाजा नागरिक रक्षाका प्रवक्ता महमुद बासलले यी घटनाहरूको पुष्टि गर्दै लगातारको वर्षा र हावाहुरीका बीच गाजाका भवनहरू अब बासिन्दाका लागि सुरक्षित आश्रयस्थल नरहेको चेतावनी दिनुभयो । यसैबीच पूर्वी जेरुसेलममा मङ्गलवार आएको बाढीमा परी ५० वर्षकी एक महिलाको मृत्यु भएको इजरायलको म्यागन डेभिड एडोम उद्धार सेवाले जनाएको छ । बाढी पसेको घरभित्र कुनै गह्रौँ वस्तुले लागेर घाइते भएकी ती महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
इजरायली प्रहरीकाअनुसार बाढीले गर्दा दक्षिणी र उत्तरी इजरायलका धेरै सडकहरू अवरुद्ध भएका छन् र कम्तीमा १० जनालाई बाढीबाट उद्धार गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




