सुडानमा जारी द्वन्द्वका क्रममा लुटिएका ५७० पुरातात्विक सामग्रीहरू पुनः प्राप्त
सुडानी अधिकारीहरूले हालैका दिनहरूमा देशका विभिन्न भागहरू र सीमावर्ती क्षेत्रहरूबाट लुटिएका ५७० वटा पुरातात्विक सामग्रीहरू बरामद गरिएको घोषणा गरेका छन् । यी ऐतिहासिक वस्तुहरू खार्तुमस्थित राष्ट्रिय संग्रहालय र अन्य महत्वपूर्ण सांस्कृतिक स्थलहरूबाट सशस्त्र द्वन्द्वको क्रममा चोरी भएका थिए ।
बरामद गरिएका कलाकृतिहरूमा प्राचीन कुश साम्राज्य र मेरोए कालका दुर्लभ सिक्काहरू, मूर्तिहरू र माटोका भाँडाहरू समावेश छन् । अनुसन्धानका अनुसार तस्करहरूले यी बहुमूल्य सम्पदाहरूलाई अन्तर्राष्ट्रिय कालो बजारमा पु¥याउने प्रयास गरिरहेका थिए । जसलाई सुरक्षा निकाय र पुरातत्व विभागको सक्रियताले विफल तुल्याएको छ । हाल यी सबै सामग्रीहरूलाई कडा सुरक्षाका साथ सुरक्षित स्थानमा राखिएको छ । अधिकारीहरूका अनुसार हराइरहेका अन्य हजारौं कलाकृतिहरूको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) र युनेस्कोसँग समन्वय भइरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




