सिमलताल बस दुर्घटनाः त्रिशूलीमा अवशेष निकाल्ने काम पाँचौँ दिनसम्म जारी
तनहु । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अझ तीव्र गतिमा उत्खनन् गरिरहेको छ ।
बसको अवशेष विगत १८ महिनादेखि त्रिशूलीमा गाडिएको अवस्थामा थियो। वि.सं. २०८१ असार २८ गते पहिरोसँगै खसेको काठमाडौं–गौर यात्रा गर्ने ‘गणपति डिलक्स’ (बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बर) बस आइतबार बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो।
प्राप्त जानकारी अनुसार आइतबारदेखि हालसम्म अथक प्रयासले पनि बसको धेरै भाग अझै बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौतीपूर्ण भएको छ । जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक ले भने, “बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा छ। त्यसैले प्राविधिक सावधानी अपनाउँदै उत्खनन जारी राखेका छौँ ।”
सिमलताल दुर्घटनामा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन्। भारतका गोताखोरले समेत लामो समय खोजी गर्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार भेटिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट, आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




