कर छुटको समयावधि आगामी चैत मसान्तसम्म
गण्डकी। पोखरा महानगरपालिकाको १८औँ नगर सभाले पुस मसान्तसम्मका लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।
राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगर सभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनु पर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिनुु भयो ।
सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर छुटको समयलाई चैत मसान्तसम्म बढाइएको उहाँले बताउनुु भयो ।
यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका भन्दै उक्त छुटको समयावधि बढाउन वडा १३ का वडाध्यक्ष किरण बरालले ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो ।रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




