एमालेलाई पनि काँग्रेस जस्तो बनाउन खोजेका थिए: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
अहिलेको नेपाली काँग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताउनु भयो । पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो । काम त त्यसरी नै गर्नुपर्छ । हामी हमला, आक्रमणको बीचमा छौँ । विरोधीहरु लागेका छन् । काँग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निस्काषन भनेर गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त । कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ । यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त । त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन गर्यौँ । हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि । तर पार्टी जोगिएको छ । पार्टी एकजुट बनेको छ । महाधिवेशनले एउटा फैसला दिएको छ ।’
अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्नेगरी भाष्य निर्माण गर्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
-
२.
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
-
३.
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
-
४.
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
-
५.
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
पुलचोकको दाउरा थकालीमा आगलागी
काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...




