Breaking News

जसपले माघ ५ मा बलिदानी दिवस मनाउने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिमा पाँच सदस्य थप भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण भएपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय समन्वय समितिको बैठकले पाँच जना सदस्य थप गर्ने निर्णय गरेको हो।

समन्वय समितिमा राजकिशोर यादव, शैलेन्द्र साह, हरि मण्डल, प्रदीप यादव र जयप्रकाश ठाकुरलाई मनोनयन गरिएको समिति सदस्य परमेश्वर साहले जानकारी दिनुभयो।

त्यस्तै बैठकले आगामी राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा राष्ट्रियसभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर रहनेछन्। समितिले निर्वाचन रणनीति, समन्वय, व्यवस्थापनलगायतका जिम्मेवारी सम्हाल्नु हुनेछ।

केन्द्रीय समन्वय समितिको बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ। त्यस्तै ‘मधेश प्रदेश’ नामकरण भएको अवसर पारेर माघ ३ गते मधेश प्रदेशको सबै क्षेत्रमा विशेष कार्यक्रम बनाउने निर्णय भएको समिति सदस्य साहले बताउनुभयो।

बैठकले जसपा नेपाल र लोसपाबीच भएको १२ बुँदे समझदारी र चुनावमा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर आधिकारिक हुने निर्णयलाई अनुमोदन गरेको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...