धुलिखेलमा खुल्ने भयो साथीमार्टको १०५ औं शाखा
धुलिखेल । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सुरु हुने भएको छ ।
कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले असार १० गतेदेखि धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् ।
‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पुणर् घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’
उक्त आउटलेटको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु (श्रेष्ठ)ले गर्नेछन् ।साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटबाट आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




