३.२ प्रतिशतले आर्थिक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको यो अवधिमा आर्थिक वृद्धिदर सो बराबर रहेको प्रारम्भिक अनुमान गरेको हो ।
यो वर्षको पहिलो त्रैमास देशका लागि सुखद् थिएन । जेनजी आन्दोलनले देश विध्वंश मात्रै भएन, एक सातासम्म देश नै ठप्प हुने अवस्था देखिएको थियो । आन्दोलनका कारण मात्रै झण्डै ८४ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसबाहेक बाढीपहिरोका कारण समेत यो अवधिमा ठुलो क्षति पुग्यो। सीमावर्ती नाकामा आएको बाढीले चीनसँग जोडिएका रसुवागढी, तातोपानी लगायत नाका प्रभावित हुँदा आयातमा समेत असर गर्यो । दसैंको समयमा आएको बाढीपहिरोका कारण कोशी प्रदेशसहित देशभर क्षतिको अवस्था रह्यो ।
यी सबैको बाबजुद आर्थिक वृद्धिमा अघिल्ला दुई वर्षभन्दा सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २०८०/८१ मा यस्तो वृद्धिदर समान २.९ प्रतिशत रहेको थियो । पछिल्ला तीन त्रैमासमा भएको वृद्धिले समग्र वर्षको आर्थिक वृद्धिमा योगदान गरेको देखिन्छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




