बालेन भन्छन्, हामी राजनीतिमा आउनुको उद्देश्य नेपाललाई व्यवस्थित बनाउनु हो
काठमाडौँ। महानगरका प्रमुख तथा रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका बालेन साहले आफू राजनीतिमा आउनुको उद्देश्य नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने रहेको बताउनुभएको छ।
भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको तर्क गर्नुभएको छ।
उहाँले जनताको विश्वास जित्ने शासन व्यवस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ।
‘स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ- देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ। हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै, नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने, नेपाललाई व्यवस्थित बनाउने’, उहाँले भन्नुभएको छ‘नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्। शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
उहाँले २०७२ सालको भूकम्पपछि आफू सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दैरहेको र काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको दाबी गर्नुभएको छ।
‘नेपालका विभिन्न भूगोलमा एउटा पेसाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो, नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट काम गरेर मात्र बन्दैन। भौगोलिक भूबनोट सङ्गै , हाम्रो विविधता सहितको समाजलाई माथि उकास्न यसका अनेक पाटालाई सङ्गै माथि उठाएर काम गर्नुपर्छ’, उहाँले लेख्नुभएको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




