समाचार

यती एअरलाईन्सको नयाँ वर्ष अफर ‘यती एक्स्ट्रा केयर’, ३ महिनासम्म लागु हुने

काठमाडौं ।  नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ ।

यती एअरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न एअरलाईन्स संवेदनशील रहेकोले यात्रुका लागि ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए ।

उनका अनुसार यस योजनामा  यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि रु एक लाखसम्मको दुर्घटना बिमा प्राप्त गर्नेछन् । यो योजना नयाँवर्ष २०७९ बैशाख १ गतेबाट लागू हुनेछ ।

उक्त योजनामा यात्रुले जति पटक यात्रा ग¥यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति देखि ३० दिनसम्मको बिमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।

हालको लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए । उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ ।

बिमा प्राप्त गरेका यात्रुको विमा अवधिमा दुर्घटना भएमा औषधी उपचारका लागी रु १० हजारसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन् ।  बिमा दाबी सम्बन्धी सर्वाधिकार बिमा समितिको पोलिसी अन्तर्गत सानिमा जनरल ईन्स्योरेन्स कम्पनीमा निहित हुने  एअरलाइन्सले जनाएको छ ।

विगत केही समयदेखी यात्रुहरुको सुरक्षाका साथै सहुलियत र सुविधामा पनि ध्यान दिई विभिन्न कार्य गर्दै आएको यतीले भविष्यमा पनि यस्ता अफर ल्याउँदै जाने  जनाएको छ । यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले हाल देशको सर्वाधिक ठाँउमा उडान सञ्चालन गर्दै आएका छन् ।

 

सम्बन्धित समाचार

आजदेखि मौसमी गतिविधि बढ्ने

आजदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...