गगन कांग्रेसले भन्यो : विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधिको सहभागिता, मागमा नै बहुमत
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत धारणा सार्वजनिक गराउनुभएको छ।
विशेष महाधिवेशन सम्पन्न भइसकेको र केन्द्रीय कार्यसमिति गठन भई आवश्यक सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा बुझाइसकिएको अवस्थामा केही विषय उठाइनु तर्कहिन र राजनीतिक प्रपोगाण्डा मात्र भएको उहाँको भनाइ छ।
महामन्त्री घिमिरेका अनुसार नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई नेतृत्व चयनसमेत भइसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्या फिर्ताको प्रसङ्ग उठाउनु औचित्यहीन छ। विशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मतिबाट नेतृत्व चयन भइसकेपछि यो विषय उठाइनु केवल भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रमा तत्कालीन केन्द्रीय कार्यसमितिको भूमिकाप्रति समेत गम्भीर प्रश्न उठाइएको छ। तत्कालीन केन्द्रीय समितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर विशेष महाधिवेशनको मागलाई तीन महिनासम्म छलफलको विषय नबनाएको, विशेष महाधिवेशन औचित्यपूर्ण छैन भनी कार्यसम्पादन समितिबाट निर्णय गराएको, नियमित महाधिवेशनको कार्यतालिका पालना नगरेको, क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न नगरी बिना सूचना वडा अधिवेशन रोकेको र त्यसको दुई दिनपछि मात्रै कार्यसम्पादन समितिको बैठक राखी चार महिना पछिको मितिमा नियमित महाधिवेशन घोषणा गरेको कार्यलाई विधिसम्मत नदेखिएको जनाइएको छ। महामन्त्री घिमिरेले तत्कालीन केन्द्रीय समिति आफैं तत्कालीन कार्यतालिकाको उल्लंघनकर्ता भएको आरोप लगाउनु भएको छ।
पत्रमा उल्लेख गरिएअनुसार तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको अवस्थामा कार्यसम्पादन समितिले म्याद गुज्रिएको तीन महिना पछिको मिति राखेर नियमित महाधिवेशन तोक्नु सरासर अवैधानिक कार्य हो।
विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिहरूमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र हस्ताक्षर फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको उल्लेख गरिएको छ। साथै, आफैं उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यबाहक सभापतिले विशेष महाधिवेशनबारे ‘हल्ला मात्रै सुनेको’ भन्नु उदेकलाग्दो भएको टिप्पणी गरिएको छ।
महाधिवेशन सदस्य संख्याबारे स्पष्ट पार्दै महामन्त्री घिमिरेले विशेष महाधिवेशनको माग गर्दा कुल ४६३५ महाधिवेशन सदस्यमध्ये २४८८ जनाले हस्ताक्षर गरेको, जुन ५४.५८ प्रतिशत रहेको जानकारी दिएका छन्। विशेष महाधिवेशनमा सहभागी संख्या २६५२ पुगेको र यो कुल सदस्यको ५७.२१ प्रतिशत रहेको तथ्यसमेत ध्यानाकर्षण पत्रमा समेटिएको छ।
महामन्त्री घिमिरेले केन्द्रीय कार्यालयबाट प्रवक्तामार्फत यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने जानकारी गराउनुभएको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




