उद्योगमन्त्री बडूद्वारा ई-कमर्श साइटको उद्घाटन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले ई-कमर्श साइटको शुभारम्भ गरेका छन ।

नेपालका लघु, घरेलु तथा साना उद्योग र उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको डिजिटल प्रविधिबाट प्रदर्शनी तथा व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघद्धारा स्थापित Virtual Exhibition and Trade Show तथा e-commerce site www.msmenepal:com को शुभारम्भ गरिएको हो ।

नेपालीबाट नेपालीकै लागि विकास गरिएको निःशुल्क डिजिटल बजारका सम्बन्धमा अम नेपाली उद्योगी व्यवसायीको बीचमा पुर्‍याउने उद्देश्यले ई-कमर्श साइट बजारमा ल्याइएको हो ।

नेपालमा उत्पादित सामानलाई अन्तराष्ट्रिय स्तरमा बिक्रि र प्रबर्द्धन गर्ने उद्देश्यले यो साइट सुरु गरिएको हो ।नेपालमा रहेका लघु तथा घरेलु साना उद्योगले बनाएका सामानहरु यस साइटमा पाइन्छ ।

You might also like
Comments
Loading...