हुन्डाईको विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण

काठमाडौं । नेपालको लागि हुण्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा शुक्रबार मिडिया भेला सम्पन्न गरेको छ । उक्त अवसरमा डेडिकेटेड सोरुम, दीगो संचालन र विद्युतीय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको छ । विद्युतीय गाडीलाई प्राथमिकता दिदै थापाथलीमा हालै विद्युतीय शोरुम सञ्चालनमा ल्याएको हो ।

सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगि विभिन्न प्रस्तुति मार्फत् हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी विभिन्न जानकारी गराइएकोे छ । कार्यक्रमको मुख्य उद्देश्य हुण्डाइ विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोविलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको प्रा.लि.ले जनाएको छ ।

पछिल्लो समयमा हुन्डाईको विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढेको डिलरसिप हेड दिवाकर रेग्मीले बताए । ‘अबको भविष्य विद्युतीय गाडीको राम्रो छ,’ उनले भने । उक्त अवसरमा प्रालिका जिडिएम दीपक थपलिया, मार्केटिङ एण्ड कम्युनिकेसन हेड सन्दिप शर्मा, टेक्निकल टे«निङ इन्चार्ज बासुवेद तिमिल्सिना लगायतले विद्युतीय गाडीका बारेमा बोल्दै सहजीकरण गरेका थिए ।

यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।

साथै हुण्डाइको नेपालमा विद्युतीय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको जनाएको छ ।

You might also like
Comments
Loading...