बाजुराको बूढीगंगाबाहेक देशका सबै स्थानीय सरकारले आज बजेट सार्वजनिक गर्दै
काठमाडौं । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आज बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै ७ सय ५२ स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै छन् ।
उक्त कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९/०८० को बजेट ल्याउन लागेका हुन् ।बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै ७ सय ५२ स्थानीय तहले शुक्रबार बजेट ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ ।अन्तर-सरकारी वित्त व्यवस्थापन ऐनमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले बजेट ल्याउन लागेका हुन । यसरी पेश भएको बजेट असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनुपर्नेछ ।
सरकारले पालिकालाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजश्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएको छ । यो बजेटसहित पालिकाको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका हुन् ।
यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...




