राष्ट्रियसभाबाट राजीनामा दिएर बर्दियाबाट उम्मेद्वार बन्दै बामदेव
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट आइतबार राजीनामा दिने बताउनुभएको छ । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिनुभएको हो।
उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताउनुभयो। त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उहाँले बताउनुभयो।
एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आउनुभएको छ। २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जित्नुभएको थियो। तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लड्नुभएको थियो। तर चुनाव जित्न भने सक्नुभएको थियो। उहाँ कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित हुनुभयो।
त्यसपछि बर्दिया १ बाट चुनाव नलडेका उहाँ अहिले पुन: सो निर्वाचन क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आउनुभएको छ।
उहाँ २०७७ साल असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत हुनुभएको थियो। गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...
दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...




