वडामा जसरी काम गरेंं त्यसरी नै नगरपालिका भर काम गर्न चाहन्छुः किरण थापा

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नका लागि युवा नेता किरण थापाले उम्मेदवारी दिएका छन् । अहिले सोही नगरपालिकाको वडा नंं ८ को वडा अध्यक्ष रहेका उनी मेयरको उम्मेदवार बन्न बिगतदेखि नै तयारी गरिरहेका थिए ।

थापाले वडा अध्यक्ष भएर उत्कृष्ट कार्य गर्न सफल भएका छन् । कामबाट आफूले वडाबासीको मन जित्न सफल रहेको र आगामी दिनमा मेयर बनेर नगरपालिकाको समग्र विकासमा आफ्नो तर्फबाट योगदान गर्ने लक्ष्य रहेको थापाले बताए ।

राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभव अब नगरपालिकाको विकासमा केन्द्रित गर्ने उनको भनाइ छ । पार्टीको जिल्ला कमिटिको सदस्यसमेत रहेका थापाले भने, ‘वडामा जसरी काम गरेको छु त्यसरी नै नगरपालिका भरी काम गर्ने मेरो सोच छ ।’

पार्टीबाट मेयरमा आफू सिफारिस हुनेमा विश्वस्त रहेको पनि थापाले बताए । सूर्य बिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान, रंगशालाको विकास, व्यवस्थित स्कुल, नगरबासीको आर्थिक उपार्जन हुने काम, युुवा स्वरोजगारका गतिविधि, पर्यटन प्रवद्र्धन लगायत नगरबासीको हितमा आफूले काम गर्ने उनको भनाइ छ ।

 

You might also like
Comments
Loading...