वडामा जसरी काम गरेंं त्यसरी नै नगरपालिका भर काम गर्न चाहन्छुः किरण थापा
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नका लागि युवा नेता किरण थापाले उम्मेदवारी दिएका छन् । अहिले सोही नगरपालिकाको वडा नंं ८ को वडा अध्यक्ष रहेका उनी मेयरको उम्मेदवार बन्न बिगतदेखि नै तयारी गरिरहेका थिए ।
थापाले वडा अध्यक्ष भएर उत्कृष्ट कार्य गर्न सफल भएका छन् । कामबाट आफूले वडाबासीको मन जित्न सफल रहेको र आगामी दिनमा मेयर बनेर नगरपालिकाको समग्र विकासमा आफ्नो तर्फबाट योगदान गर्ने लक्ष्य रहेको थापाले बताए ।

राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभव अब नगरपालिकाको विकासमा केन्द्रित गर्ने उनको भनाइ छ । पार्टीको जिल्ला कमिटिको सदस्यसमेत रहेका थापाले भने, ‘वडामा जसरी काम गरेको छु त्यसरी नै नगरपालिका भरी काम गर्ने मेरो सोच छ ।’
पार्टीबाट मेयरमा आफू सिफारिस हुनेमा विश्वस्त रहेको पनि थापाले बताए । सूर्य बिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान, रंगशालाको विकास, व्यवस्थित स्कुल, नगरबासीको आर्थिक उपार्जन हुने काम, युुवा स्वरोजगारका गतिविधि, पर्यटन प्रवद्र्धन लगायत नगरबासीको हितमा आफूले काम गर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...
आज चैते दसैँ मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...
पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात
काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...




