Breaking News

स्वर्णिम वाग्ले तनहुँ १ बाटै उठ्ने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वाग्लेलाई उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला सभापति विश्व वास्तोलाले जानकारी दिनुभयो ।

अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहनुभएका डा. वाग्ले पछिल्लो समय वैकल्पिक राजनीतिक धारका सशक्त प्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ । सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई मूल एजेन्डा बनाउँदै रास्वपाले अनुभवी तथा विज्ञ व्यक्तिलाई उम्मेदवार बनाइएको जनाएको छ ।

यसअघि डा. वाग्ले तनहुँ–१ बाट भएको उपनिर्वाचनमा विजयी बन्नु भएको थियो । तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा डा. वाग्लेले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...