प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा वृहत रक्तदान कार्यक्रम
काठमाडौं । प्रभु वैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिवार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको वैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा प्रभु वैंक लि। प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचन, क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्देशक डा. रामशरण खरेल, विभिन्न वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो ।
वैंकले आगामी दिनहरुमा पनि प्रादेशिक तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने वताइएको छ ।

ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




