Breaking News

सुदन गुरुङ पनि रास्वपा प्रवेश

काठमाडौं। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नु हुने भएको छ ।

अहिले रास्वपा कार्यालयमा बालेन र सुधनलाई औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सुधनले भन्नुभएको छ, ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो।’

सुधनले फागुन २१ गतेको चुनावमा गोरखा २ बाट उम्मेदवारी दर्ता गर्ने योजना अनुसार रास्वपा प्रवेश गर्ने निर्णय सार्वजनिक गर्नु भएको छ । उहाँले फेसबुकमा थप लेख्नु भएको छ, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहने छ, युवाको विश्वास सुरक्षित रहने छ, र परिवर्तनलाई स्थायी बनाइने छ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ। मिसन गोरखा क्षेत्र नम्बर –१’

सम्बन्धित समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...