एमालेमा उम्मेद्वार चयनप्रति असन्तुष्टि, योगश भट्टराईको नो अफ डिसेन्ट
नेकपा एमालेका उमहासचिव योगेश भट्टराईले पार्टी केन्द्रीय कार्यालयमा नोट अफ डिसेन्ट (लिखित असहमति) दर्ता गराउनुभएको छ।
गत शनिबार बसेको सचिवालय बैठकमा टिकट वितरणमा गरिएको भन्दै उहाँले निर्णयमा नोट अफ डिसेन्ट राख्नुभएको हो।
नोट अफ डिसेन्टमा भट्टराईले यसअघि निर्वाचन जितेका अनुहारलाई प्राथमिकता दिनुपर्ने, तलका जनप्रतिनिधिहरूलाई कार्यकाल छँदै माथि उम्मेदवार बनाउने कुरा रोक्नुपर्ने उल्लेख गर्नुभएको हो।
एमालेले मधेस, बागमती लगायत प्रदेश सभामा निर्वाचित सांसदहरूलाई राजीनामा दिन लगाएर उम्मेदवार बनाउने भएको छ। मधेस प्रदेश सभामा चार जना र बागमतीमा दुई जना हाराहारी प्रदेश सभा सदस्य राजीनामा दिएर संघीय सांसद लड्ने तयारीमा हुनुुहुन्छ।
‘तल जितेका जनप्रतिनिधिलाई राजीनामा दिएर उम्मेदवार बनाइनु गलत अभ्यास हो। एक त उहाँहरूको कार्यकाल, जिम्मेवारी, पार्टीको प्रतिबद्धता बाँकी नै छ, अर्को त्यहाँ उपचुनाव गर्नुपर्ने हुन्छ,’ भट्टराईले सचिवालय बैठकमा भनेका थिए। आज दर्ता गरिएको नोट अफ डिसेन्टमा पनि उनले यिनै कुरा उल्लेख गर्नुभएको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




