राजनीति

कास्की कांग्रेसमा बहिष्कार पक्षधर नै अल्पमतमा

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल आफ्नै जिल्ला कार्यसमिति भित्र अल्पमतमा परेको र बरालबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको भन्ने चर्चा यतिबेला मत्थर भएको छ ।

सभापति बरालले यही असार ५ गते बोलाएको जिल्ला कार्यसमितिको बैठक समितिका केही पदाधिकारी र सदस्यहरुले बहिष्कार गरेपछि उनि अल्पमतमा परेको र अविश्वासको प्रस्ताव समेत आउने तयारी भैरहेको भनि प्रचारबाजी गरिएको थियो ।
असार ५ गतेको बैठक केही सदस्यहरुको अनुपस्थिति र केही सदस्यको बहिष्कारको बाबजुद उनले असार ११ गते जिल्ला कार्यसमितिको अर्को बैठक बोलाएका थिए ।

असार ११ गते शनिवारको बैठक पनि असार ५ गतेको जस्तै गरि अवरुद्ध पार्ने र सभापति बराललाई अल्पमतमा रहेको पुष्टी गर्ने प्रयास स्वरुप कार्यसमितिका कतिपय सदस्यहरुलाई बैठकमा नजान र गएपनि उपस्थिति नजनाउन बराल बिरोधीहरुले कडा दवाव दिएको बताईन्छ ।

कतिपय सदस्यहरुले बैठकमा बोल्दै आंफुलाई १९ पटक सम्म टेलिफ़ोन गरेर बैठकमा नजान दवाव दिएको तर आफु कार्यसमितिको सदस्य भएको कारण आफ्नो असन्तुष्टी बैठकमा नै राख्ने भन्दै बैठकमा आएको बताएका थिए । कतिपय सदस्यहरुले बैठकमा निर्णय गर्नुपर्ने कुनै महत्वपुर्ण विषय नरहेको कारण बैठकमा नजान पदाधिकारी स्वयंले आग्रह गरेको समेत बैठकमा बताएको एक जिल्ला सदस्यले बताए ।

केहीलाई बिरामी छु भन्नु भनेको , केहीलाई महत्वपुर्ण कामले बैठकमा आउन सक्दिन भन्नु भनेको र केहीलाई काम विशेषले बाहिर जानुपरेकोले बैठकमा आउन नसक्ने जानकारी दिनु भनिएको सदस्यहरुले बैठकमै बताएका थिए । सदस्यहरुको प्रतिक्रिया सुनेपछि एक महिला जिल्ला सदस्यको प्रतिक्रिया थियो “ बैठक हुन नदिन बहिष्कारवाला केही साथीहरुले गरेको प्रयास निरर्थक बन्न पुग्यो “ । उनले संसदीय निर्वाचन नजिकिंदै गएको बेला जिल्ला समिति भित्र अनावश्यक विवाद सृजना गरेर पार्टी संगठन कमजोर पार्ने प्रयास हुनु दुर्भाग्य हो । बैठक हुन नदिने हरुको आंफ्नो व्यक्तिगत स्वार्थ हुन सक्ने भन्दै उनले भनिन, केही असन्तुष्टी भए त बैठकमा आउनु पर्यो नि , बैठक हुन पनि नदिने अनि काम गरेन पनि भन्ने ?

बैठकमा सभापति बराल सहित सचिव देवेन्द्र रानाभाट , कोषाध्यक्ष माईकल कर्माचार्य , सहसचिव द्वय नविन सिग्देल र शंकर ढुंगाना सहभागी थिएं भने अर्का सचिव भानु ढकालले काम विशेषले काठमाडौ रहेको कारण र उपसभापति रामबाबु भण्डारीले बिरामी परेका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएको सभापति किशोर दत्त बरालले जानकारी दिए ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको कार्यालयमा शनिवार सम्पन्न, बैठक करिव ५ घण्टा सम्म चलेको थियो । बैठकमा गत स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका विभिन्न बिषयमा बैठकका सहभागीहरुले आआफ्ना धारणा राखेका थिए ।सदस्यहरुले निर्वाचनताका जिल्ला समितिले जिल्ला सदस्यहरुलाई परिचालन गर्न नसकेको र आर्थिक पक्षका बारेमा पनि सदस्यहरुलाई जानकारी नगराईएको गुनासो गरेका थिए । सदस्यहरुका गुनासोको सम्बोधन जिल्ला सभापति बराल , सचिव रानाभाट , कोषाध्यक्ष कर्माचार्य समेतले दिएका थिए ।

बैठकले आगामी साउन ६ गते वीपी स्मृति दिवस विभिन्न कार्यक्रम सहित जिल्ला तह सहित विभिन्न समितिले विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।

आगामी संसदीय निर्वाचन लाई लक्षित गरि निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका मतदाताको नाम मतदाता नामावलीमा समावेश गर्न वडा र पालिका स्तरका पार्टीका समितिलाई सक्रिय रहन निर्देशन दिने निर्णय गर्यो
यसै गरि कास्कीको विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी लाई बधाई दिन असार २५ गते विशेष कार्यक्रम समेत गर्ने निर्णय गरेको नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।

यसै गरि पार्टीका विभिन्न कार्यक्रम संचालन गर्ने क्रममा मन्च र वक्ताको व्यवस्थापन गर्न यस अगाडी जिल्ला समितिको बैठकले गरेको निर्णयलाई पुनर्विचार गर्ने सम्बन्धमा र कार्यालय भवनको माथिल्लो तलामा बैठक कक्ष निर्माण गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ । बैठक सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...