श्रीलंका सरकारले इन्धन कटौती गर्ने
काठमाडौं । श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलंकाका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।
सो कुराको जानकारी श्रीलंकाली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलंकाको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।
मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिएका हुन् ।
उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरे ।
श्रीलंकामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




