मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी
काठमाडौं । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दंग छन् ।
पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ ।
लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ ।
यहाँ उत्पादन भएको करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ ।
कृषि प्राविधिक जगत बानियाँ बीउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको बताउँछन् । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उनको भनाइ छ । जिल्लामा पपकन सेतो र पपकन पहेंलो जातका मकै १५० हेक्टरमा लगाउने गरिएको छ ।
जिल्लाको एक हजार ६०० मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...
घट्यो सुनचाँदीकै मूल्य
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी...
अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर
काठमाडौँ। नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्र समेत उत्साहित देखिएको छ । पछिल्ला...




