आज १२ बजेपछि लाग्दैछ आचारसंहिता, ककसलाई लाग्छ?
काठमाडौं । आज राति १२ बजेदेखि आचारसंहिता लागू हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका प्रतिनिधिहरूले आचारसंहिताबारे जानकारीसमेत गराइसकेका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरु उम्मेदवार छनोटमा लागिरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले कसकसलाई आचारसंहिता क-कसलाई लागू हुने भन्नेबारे जानकारी दिएका छन् ।
क-कसलाई लाग्नेछ आचारसंहिता ?
-नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
-प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
-संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
-नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
-स्थानीय कार्यपालिका र सोका सदस्य,
-सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
-सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
-सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
-राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
-राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान -प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
-सार्वजनिक पद धारण गरेको व्यक्ति,
-अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
-पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
-सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
-निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
-विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा -कर्मचारी,
-मतदाता,
-विकास साझेदार संस्था,
-सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा -परियोजनाका कर्मचारी,
-मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका -कर्मचारी,
-निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र
-आयोगले तोकेका अन्य निकाय वा व्यक्ति।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




