सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
आजको डिजिटल युगमा सामाजिक संजाल केवल मनोरञ्जनको माध्यम मात्र होइन, राजनीति, समाज, व्यवसाय र व्यक्तिगत जीवनको निर्णायक अंग बनेको छ। फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूले राजनीतिक सहभागिता, जनमत निर्माण र निर्णय प्रक्रियामा अप्रत्यक्ष प्रभाव पारिरहेका छन्। यसले नागरिक र सरकारबीच प्रत्यक्ष संवादको मार्ग खोल्दैछ र राजनीतिक निर्णयमा अप्रत्यक्ष प्रभाव पुर्याउँछ।
सामाजिक संजालले व्यक्तिगत जीवनमा पनि ठूला परिवर्तन ल्याएको छ। हामी अहिले प्रत्येक व्यक्तिको हातमा स्मार्टफोन देख्छौं। सानो बालकदेखि वृद्धसम्म सबैले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्म प्रयोग गर्दै छन्। मानिसहरूले आफ्नो हरेक गतिविधि पोष्ट गर्ने गरेका छन्। यस डिजिटल प्लेटफर्ममा सबैले एक अर्काको गतिविधि नियाल्न र बुझ्न पाउँछन्।
आजको युगमा गेमिङ, ChatGPT, AI जस्ता प्रविधिले समय र युवालाई अझ प्रभावकारी बनाएका छन्। विद्यार्थीहरूले अध्ययनमा, पेशागत व्यक्ति टेक्नोलोजीमा, र आम मानिसहरूले फोटो-भिडियो एडिटिङ तथा डिजिटल कन्टेन्ट सिर्जनामा यसको प्रयोग गर्दैछन्। सामाजिक संजालले विदेशमा रहेका परिवार र साथीलाई फोन कल र डिजिटल माध्यमबाट जोड्ने काम गरेको छ। कतिपय नयाँ जेन जी र मिलेनियल पुस्ताका व्यक्तिहरू सामाजिक संजालमा कन्टेन्ट क्रियेटरको रूपमा काम गर्दैछन्। यसले मनोरञ्जन मात्र होइन, रोजगारीका अवसर पनि सिर्जना गरेको छ।
सामाजिक संजालको प्रभाव राजनीतिमा स्पष्ट रूपमा देखिन्छ। भदौ २३, २०८० मा सरकारले सामाजिक संजाल बन्द गर्दा युवा पुस्ता माइतीघरमा उत्रिए। उनीहरूको आन्दोलनले जनसागर सिर्जना गर्यो र भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न सरकारी भवनमा आगजनी र तोडफोड भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएको थियो, तर जेन जी पुस्ताको सक्रियता मा भएको आन्दोलनले ओलीको सरकार नै ढालिदियो| जेन जी पुस्ता ले उक्त प्रतिबन्दलाई सुचना तथा अभिव्यक्ति स्वतन्त्रताको हनन माथि भएको सरकारी हस्तक्षेपको संज्ञा दिदै सडक प्रदर्सनमा उत्रेका थिए | त्यतिबेला को सरकार ढलेसंगै अन्तरिम सरकारको गठन प्रक्रिया र छलफल देशब्यापी रुपमा भैरहेको थियो |
Discord प्लेटफर्ममार्फत युवा पुस्ताले व्यापक छलफल गरे। उनीहरूको पहिलो रोजाइ बालेन शाह भए पनि उनले फोन नउठाएको गुनासो चलिरहेको थियो। Discord को विस्तृत छलफलबाट शुशिला कार्कीलाई उपयुक्त प्रधानमन्त्रीको रूपमा चयन गरियो। यसरी सामाजिक संजालमार्फत प्रधानमन्त्री चयन हुनु नेपालमा दुर्लभ घटना बनेको छ।
राजनीतिक उदाहरणहरूमा, काठमाडौंका मेयर बलेन शाह पेशाले इन्जिनियर र र्यापर भए पनि सामाजिक संजालको सहयोगले स्वतन्त्र रूपमा चुनाव जिते। संयुक्त राज्य अमेरिका, न्यूयोर्क सहरका मेयर जोर्डन ममदानि पनि पेशाले र्यापर भए तापनि सामाजिक संजालमार्फत आफ्नो उम्मेदवारी प्रचार गरेर विजयी भए। दुइ फरक देश र फरक सहरका मेयर हरु पेशा तथा लोकप्रियताका हिसाबले र्यापर भएर समाजमा परिचित भएपनि राजनीतिक क्षेत्रमा लाग्दै गर्दा उनीहरु दुबैले सामाजिक संजाल बाट भरपुर साथ र सहयोग पाए या त भनौ सामाजिक संजाल नै उनीहरुको जनता सम्म जोडिने माध्यम भयो | नेपालमा फागुन २१ गते शुशिला कार्कीको अन्तरिम सरकारले प्रतिनिधि सभा निर्वाचको मिति तय गरेको छ जसमा प्रतक्ष्य र समानुपातिक गरि दुइ व्यवस्था रहेको छ |
नेपालमा समानुपातिक निर्वाचन प्रणालीमा, संविधानको मूल उद्देश्य- उपेक्षित, उत्पीडित वर्ग, महिला र सीमान्तकृत समूहको प्रतिनिधित्व गर्ने भएता पनि सामाजिक संजालमा लोकप्रियता भएका व्यक्तिहरूको बढ्दो उपथिती समानुपातिक प्रणाली को सुचिमा समाबेश भएको हामीले देख्यौ जसले निर्वाचन प्रणालीको औचित्य कमजोर बनाएको देखिन्छ। पार्टीहरूले अधिकतम मात्रामा फलोअर्स र लोकप्रियता भएका व्यक्तिहरूलाई समावेश गरेका छन्। यसले गर्दा समाज कुन दिशा तर्फ गैराखेको छ ,हामीले सजिलै बुज्न सक्छौ | सामाजिक संजाललाई जनता समक्ष्य जोड्ने मध्यमको रुपमा लिदा यसले समाजमा त्यति असर गर्दैन तर सामाजिक संजाल मा भएको फलोअर्सलाई र लोकप्रियतालाई नै राजनीतिक क्षेत्रमा जानको लागि मापदण्ड निर्धारण गर्दा यसको असर दिर्घकालिन रुपमा देश ले नै बेहोर्नु पर्छ |
सामाजिक संजालको प्रभाव राजनीति मात्रै सीमित छैन। विद्यार्थी, पेशागत व्यक्ति र आम मानिसहरू अध्ययन, प्रविधि र कन्टेन्ट सिर्जनामा संलग्न छन्। व्यवसायिक प्रयोजनमा व्यापारीहरूले वस्तु र सेवाको प्रचार-प्रसार गर्न यसको प्रयोग गर्दैछन्। सूचना र शैक्षिक सामग्रीले मानिसको चेतना स्तर बढाउँछ। तर अत्यधिक प्रयोगले मानिसको ध्यान अवधि घटाएको छ। Arch Recovery Center का अनुसार पहिले मानिसको ध्यान अवधि १.३०–२ मिनेट थियो भने अहिले जम्मा ४५ सेकेन्डमा झरेको छ।
सामाजिक संजालले समाजमा देखावटीपन, विदेशी प्रभाव र नेपाली संस्कृतिको परित्यागतर्फ प्रेरित गरेको छ। व्यक्तिको गोपनीयता हनन, मानसिक तनाव र सामाजिक असन्तुलनका समस्या देखिन थालेका छन्। यसले स्पष्ट देखाउँछ कि सामाजिक संजालको उचित प्रयोग हुनु आवश्यक छ। राजनीति, समाज, व्यवसाय र व्यक्तिगत जीवनमा यसको अत्यधिक प्रयोग र असन्तुलित प्रभावले गलत भाष्य स्थापना गर्न सक्छ र समाजको संरचना नै भत्किने जोखिम बढाउँछ।
सारांशमा, सामाजिक संजाल आवश्यक छ र यसको जिम्मेवार प्रयोगले लोकतान्त्रिक सहभागिता, सूचना आदान–प्रदान र रोजगारका अवसरहरू सिर्जना गर्न सक्छ। तर अत्यधिक प्रयोग, अनुचित प्रभाव र राजनीतिक असन्तुलनले समाजको संरचना, संविधानिक मर्म र लोकतन्त्रमा गम्भीर चुनौती प्रस्तुत गर्न सक्छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...




