अन्तर्राष्ट्रिय

मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि

मंगोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बरको अन्त्यसम्ममा मंगोलियाको राजधानीमा नयाँ निर्मित अपार्टमेन्टहरूको औसत मूल्य ५।०३ मिलियन .(५० लाख ३० हजार) मंगोलियाली टुग्रिक (१,४१२ अमेरिकी डलर) प्रति वर्ग मिटर पुगेको छ ।

यो मूल्य गत वर्षको सोही अवधिको तुलनामा १०.८ प्रतिशतले बढी हो । उलान बाटोरमा पुराना (सेकेन्ड ह्यान्ड) अपार्टमेन्टहरूको औसत मूल्य डिसेम्बरमा ५।०६ मिलियन मंगोलियाली टुग्रिक (१,४२० डलर) प्रति वर्ग मिटर कायम भएको छ । जसले गत वर्षको तुलनामा १३.६ प्रतिशतको वृद्धि देखाउँछ । विज्ञहरूकाअनुसार मूल्यमा देखिएको यो उल्लेख्य वृद्धि मुख्यतया प्रतिव्यक्ति घरजग्गाको मागमा भएको बढोत्तरीसँग सम्बन्धित छ । मंगोलिया विश्वकै सबैभन्दा पातलो बस्ती भएको (न्यून जनघनत्व भएको) देश हो ।

यद्यपि मंगोलियामा आवास एक अत्यन्तै जटिल समस्याको रूपमा रहेको छ । विशेष गरी राजधानी शहरमा, जहाँ देशको ३५ लाख कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा बसोबास गर्दछ । उलान बाटोरका आधाभन्दा बढी बासिन्दाहरू सहरको गेर क्षेत्रमा बस्छन् । जहाँ धाराको पानी, केन्द्रिय तताउने प्रणाली वा ढल निकास जस्ता आधारभूत सुविधाहरूको अभाव छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...