पूर्णबहादुर खड्का चुनाव नलड्ने
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने हुनुभएको छ।
सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उहाँ निकट स्रोतले जानकारी दियो ।
‘उहाँ (पूर्णबहादुर खड्का) निर्वाचन नलड्ने निर्णयमा पुग्नुभयो । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ खड्का निकट स्रोतले भन्यो ।
उहाँले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएको उहाँका एक सहयोगीले जानकारी दिनुभयो।
नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएको ती सहयोगीले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...
निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...




