‘पानीको ‘पिउरो’ ब्राण्डलाई छोटो समयमा स्थापित गर्न सफल भयौं’
युवा व्यवसायी अशोक खड्काले पोखरामा पानी उद्योग सञ्चालन गरिरहेका छन् । पानीको ‘पिउरो’ ब्राण्डलाई छोटो समयमा स्थापित गर्न सफल उनले पोखरासहित ९ जिल्लामा पानी पुर्याउँदै आएका छन् । आगामी दिनमा नेपालमा बजार बढाउँदै विदेशसम्म निर्यात गर्ने उनको लक्ष्य छ । यसैक्रममा पिउने पानीको बजार अवस्था तथा पिउरो ब्राण्डमा केन्द्रित रहेर खड्कासग गरिएको कुराकानीः
पानी उद्योग सञ्चालन गर्ने सोच कसरी आयो ?
काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको थिएँ । तर, त्यो व्यवसायमा सफल हुन सकिन । पोखरा फर्किएँ । त्यस व्यवसायले धेरै कुरा सिकायो । पोखरा फर्केपछि केही त गर्नुपर्छ भन्ने सोच आयो । मेरो परिवारको पुरानो व्यवसाय ट्याङ्करमा पानी सप्लाई गर्ने थियो । त्यस व्यवसायलाई अपग्रेड गरेर पिउने पानी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सोच आयो र अहिले पिउने पानी उद्योग संचालन गरिरहेको छु । ज्ञान फुड एण्ड बेभरेज प्रा.लि. अन्तर्गत पिउरो ब्राण्ड उत्पादन हुँदै आइरहेको छ ।
पानी उद्योगको बजारको सम्भावना कस्तो छ ?
यस व्यवसायमा बजारको सम्भावना धेरै राम्रो छ । पोखराको कुरा गर्ने हो भने सिजनमा दैनिक २० लिटरका करिव ४० हजार जारको बजार छ । १ लिटरको बोटलको करिव १० हजारको हाराहारीमा बजार छ । पोखरा तथा आसपासका जिल्लामा पनि पुर्याउन सक्ने हो भने बजार धेरै राम्रो छ । पोखराको सन्दर्भमा जाइकाको सहयोगमा खानेपानी पाइप विस्तार भइरहेको छ । यससँगै जारको पानीको व्यवसाय केही कम हुनसक्छ भन्ने लाग्छ ।
पोखरा बाहिरको बजार कस्तो छ ?
पोखरा बाहिर पनि हामीले पानी लैजाने गरेका छौं । स्याङ्जा, पाल्पा, तनहुँ , पर्वत, बेनी मुस्ताङ, काठमाडौं लगायतमा स्थानमा पानी पुर्याएका छौं ।
पिउरोको पानी किन पिउने ?
पिउरोको सबैभन्दा बलियो पक्ष भनेको यसको शुद्धता हो । हामीले प्रयोग गर्ने मेसिन र संरचनामा शुद्धताको ग्यारेन्टी छ । खाद्यको निर्देशन अनुसार हामीले फ्याक्ट्री बनाएका छौं । फ्याक्ट्रीमा फुड टेक्नोलोजिष्ट राखेर पानी उत्पादन गरिरहेका छौं । नवीनतम प्रविधि प्रयोग गरेका छौं । यसकाण पनि हामीप्रति उपभोक्ताको विस्वास बढिरहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त ल्याब छ जहाँ हामी पानी परीक्षण गरेरमात्र जार र बोतलमा राख्छौं । शुद्धतामा हामीले सधैं ध्यान दिइरहेका छौं ।
डिलर नेटवर्क कस्तो छ ?
हामीसँग जारको डिलर १४ वटा छन् । बोतलको पानीको डिलर र सब डिलर गरेर २५ वटा छन् ।
रोजगारीको अवस्था कस्तो छ ?
अहिले प्रत्यक्ष रुपमा १७ जनाले काम गरिरहनु भएको छ । सिजनमा २२ जनाले रोजगारी पाउनुहुन्छ । अप्रत्यक्ष रुपमा करिव ३० जनाले रोजगारी पाउनुभएको छ ।
तपाईंको आगामी योजना के छन् ?
हाम्रो भावी योजना भनेको स्प्रिङ वाटर पनि उत्पादन गर्नु हो । जसको हामी प्रिमियम सेक्टरलाई टार्गेट गरेर अगाडि बढ्छौं । अहिले ९ जिल्लामा हामी पुगेका छौं भने अबको १ वर्षमा बुटवल, चितवन लगायतका स्थानमा पुग्ने हाम्रो लक्ष्य छ । विदेश निर्यात गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं । पिउरो शुरु गरेदेखिको सपना विदेशमा पानी निर्यात गर्ने हो ।
पानीको व्यवसायमा प्रतिश्पर्धा कस्तो छ ?
जुनसुकै व्यवसायमा पनि प्रतिश्पर्धा छ । यसमा पनि नहुने कुरा भएन । प्रतिश्पर्धा हुनु राम्रो पनि हो । तर, पानी उद्योगमा अश्वस्थ प्रतिश्पर्धा छ । अश्वस्थ प्रतिश्पर्धा कै कारण कति पानी उद्योग धारायसी बनेका छन् । राम्रो तरिकाले प्रतिश्पर्धा भएमा उपभोक्तालाई नै फाइदा हुन्छ । अहिले कच्चा पदार्थको मूल्य पनि बढिरहेको छ, जसका कारण पानी उद्योग संचालन गर्ने व्यवसायीले मार खेप्नु परिरहेको छ ।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानले बन्द गर्यो होर्मुज समुद्री जलमार्ग
काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...
“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”
कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...
नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का
प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification) र भिसा आवेदन पाउँदा...




