Breaking News

म टिकट वितरणमा सहभागी छैन : पूर्णबहादुर खड्का

काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू टिकट वितरणको प्रक्रियामा सहभागी नभएको प्रस्ट्याउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै खड्काले  १ सय ६५ क्षेत्रका निर्वाचन क्षेत्रको टिकट वितरणमा आफू सहभागी नभएको बताउनुभयो।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रक्रियामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारीसमेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु । कसैमा भ्रम नरहोस् ।’

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति नआउँदासम्म खड्का कांग्रेसमा कार्यवाहक सभापति हुनुहुन्थ्यो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगन थापाले टिकट वितरण गरिरहनुभएको छ।

हिमाली र उच्च पहाडी जिल्लाको टिकट वितरण भइरहेको छ । आज रातिसम्म संसदीय बोर्डले केही क्षेत्रबाहेक अन्य क्षेत्रको टिकट टुंग्याउँदै छ ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...