जेन जी आन्दोलनका नाममा झापा ५ मा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने
काठमाडौं। उम्मेद्वारी दर्ताका लागि आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्नु हुने भएको छ ।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समुहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरु अध्यक्ष ओलीले निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमक स्थित इलाका प्रहरी कार्यलयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिनुभयो ।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ । आज इलाका प्रहरी कार्यलय दमक,दमक नगरपालिका,दमकका मेयर राम थापाको निवास,नेपाली काँग्रेसको पार्टी कार्यलय,पूर्व मेयर रोमनाथ ओलीको निवास,अध्यक्ष ओलीको आफ्नो निवास,नेपाली काँग्रेस दमक नगरको कार्यलय,एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ । आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरु भएकोले जलाइएका अन्य संरचनाहरु अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिनुभयो ।
जेन जी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए ।
गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरु कमल गाउँपालिका,गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्न हुनेछ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




