सिन्धुली–२ मा महेश्वर दाहालद्वारा राजनविरुद्ध बागी उम्मेदवारी
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर–२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दिनुभएको छ ।
नेकपामा आबद्ध दाहालले टिकट वितरणमा असन्तुष्टि देखाउँदै बागी उम्मेदवारी दिनुभएको छ।
सो क्षेत्रमा नेकपाका तर्फबाट लेखनाथ दाहाल ‘राजन’ लाई उम्मेदवार बनाएको थियो । टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेका जिल्ला संयोजक र इञ्चार्ज सहितको टिमको सहयोगमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ।
नेकपाबाट विद्रोह गरेर सिन्धुली–२ मा उम्मेदवार महेश्वरको प्रस्तावकमा नेता हरिबोल गजुरेल, समर्थकमा जिल्ला संयोजक पानीराज बम्जन रहनुभएको छ।
उहाँलाई नेकपा जिल्ला इन्चार्ज बसन्त माझी सहित केन्द्रीय सदस्यहरू तथा जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको साथ रहेको छ । उहाँहरू उम्मेदवारी दर्ताको समयमा पनि उपस्थित रहनुभएको छ।
यसअघि मंगलबार मात्र नेकपा सिन्धुली संयोजक बम्जनले टिकट वितरणमा भएको कमजोरी सच्याउन माग गर्दै विज्ञप्ति समेत जारी गरेको थियो ।
ताजा अपडेट
-
१.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
२.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
३.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
४.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
५.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...




